दार्चुलामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालिका घाइते

धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ। मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्