जनकपुरको पीसीआर मेशिनमाथि नै शंका, कोरोना परीक्षण रोकियो

जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ ।

मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट सो पिसिआर मेशिनले नेगेटिभ देखाएको थियो । जबकि ती किशोरकै स्वाब थप परीक्षण गर्दा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो । सोही कारण जनकपुरको पिसिआर मेशिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको हो ।

जनकपुर प्रयोगशालाका इञ्चार्ज रामविनय साहले सर्लाहीका किशोरको घटनाले मेशिनमाथि आशङ्का उत्पन्न गराएकाले कोरोना परीक्षण नगर्ने निर्णय गरेको बताए ।

उनका अनुसार हालसम्म १०० भन्दा बढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।- NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्