इलाम २ मा सुहाङलाई एक हजारबढी मतको अग्रता

इलाम – इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्।

हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्। स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्। -न्युजकारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्