मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरिन् अध्यादेश खारेज

काठमाडौं – सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।

मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्