कैलालीमा एक निजि विद्यालयका सञ्चालकको शव फेला, २ जना पक्राउ

प्रेम जोशी
कैलाली – कैलालीको मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत फेला परेका छन् ।
बिहिबार उनी संगै रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ एक जना साथीले बोलाए पछी उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारतर्फ पुगेका थिए । पहलवानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरी साईकलमा घर फर्कदै गर्दा गएराती गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत फेला परेका थिए ।

मृतकको आँखा, मुख, र घुडामा चोटपटक लागेको देखिएको छ । शरिरका धेरै ठाउँमा चोट पटक देखिएकाले हत्या भएको परिवारले बताएका छन । प्रहरीले अनुसन्धानका लागि उनिसंगै मदिरा पिएका साथी र होटल संचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतको शब पोस्टमाटम गर्न धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्