शुक्लाफाँटा–८ मा बाघको आक्रमणबाट २८ बर्षीय रविन्द्र धामी घाईते

महेन्द्रनगर-  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा बाघको आक्रमणबाट २८ बर्षीय रविन्द्र सिँह धामी घाईते भएका छन् । आज शुक्रवार विहान साढे ६ बजेको समयमा घर नजिकै स्याउला काट्न गएका धामीलाई बाघले आक्रमण गरेको हो ।

पारिफाँटा बस्ने जयदेव सिँह धामीका छोरा रविन्द्रलाई बाघले आक्रमण गरेको थाहा पाएपछि स्थानीयले होहल्ला गरेपछि बाघले धामीलाई छोडेको थियो ।

शक्त घाइते धामीलाई अहिले सेती प्रादेशिक अस्पताल कैलाली धनगढीमा उपचारको लागि पठाइएको छ । पछिल्लो समय पारिफाँटा, भमरभोज लगायतका क्षेत्रमा बाघ देखा परिरहेको छ । अहिले पनि भगवती सामुदायिक बनभित्रै बाघ रहेकोले सावधानि अपनाउन तथा जथाभावी बन प्रवेश नगर्न वडा अध्यक्ष बहादुर सिँह महराले अनुरोध गर्नुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्