जोन्ता र रोटरी क्लब, काठमाडौँले पैदलयात्रीलाई विभिन्न खाद्यान्न सामाग्री दियो

निरज बाडे
भक्तपुर – जोन्ता क्लब, काठमाण्डौं र रोटरी क्लब, काठमाण्डौं मिडटाउनले ३०० प्याकेट खाद्यान्न राहत सामाग्री वितरण गरेको छ ।

लकडाउनको समयमा उपत्यका बाट गृह जिल्ला फर्कदै गरेका यात्रुहरुलाई खाद्यान्न वितरण गरेको राष्ट्रिय कराते खेलाडि मन्डे काजी श्रेष्ठले जानकरी दिए । भोकै यात्रा गरिरहेका हरुलाई खाना र चप्पल लगाउने यात्रुलाई गोल्डस्टार ब्राण्डका जुत्ता समेत क्लबले निशुल्क वितरण गरेको छ ।

खाजाको रुपमा चिउरा २ प्याकेट, दालमोठ १ प्याकेट, बिस्कुट २ प्याकेट, २ वटा जुस, १ साबुन, १ बोटल पानी उपलब्ध गराएको राष्ट्रिय खेलाडी श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्