बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोसी पुल अलपत्र

सुशील सुवेदी
सिन्धुपाल्चोक – लकडाउनको समयमा सडक र पुल निर्माणका काम सुचारु हुनेगरि उचित व्यवस्था मिलाउन गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजिकरण नगर्दा बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने प्रिस्टेज पुलको काम अलपत्र परेको छ ।
पुलका दुवैतर्फ जग निर्माण भइसकेको छ । ढलानका लागी वायर समेत जडान गरिसकेको अवस्थामा काम रोकीएको हो । “स्ल्याप ढलान हाल्न मात्र बाँकी थियो, गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजीकरण गर्न मानेन”, ठेकेदार कम्पनी हिम्दुङ एण्ड थोकर लामा जेभीका हिरा लामाले भने । स्थानीय तहको सिफारीस सहित फाइल बुझाउँदा पनि प्रशासनले सुनकोसी पुल निर्माणको काममा सहजिकरण नगरेको लामाले बताए ।
काम सुचारु हुन सके पन्ध्र दिनमै उक्त पुल निर्माण सम्पन्न भइसक्ने बताइएको छ । जिल्ला प्रशासनले बिभिन्न आयोजनाका लागि पासको प्रवन्ध मिलाएको भन्दै सुनकोसी पुलका लागी आवश्यक सहजीकरण गर्नुपर्ने स्थानीय जनप्रतिनीधि बताउँछन् । “जेठदेखि भदौसम्म खोला ठूलो हुन्छ, ढलानका लागी तयार बनाइएका सबै सामाग्री बगाउँन सक्छ,” त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष सुकदेव रिसालले भने ।
०७३ मंसिरमा सम्भौता भएको यो पुल स्थानीय विवादका कारण ०७५ बाट काम सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्