सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण

कैलाली – लकडाउनकै क्रममा पनि भारतबाट छुुकिछिपी आउने क्रम नरोकिएपछि सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।

धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलवार सीमावर्ती भारतीय गाउँ बनगाँउका स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट एक जना सशस्त्र प्रहरीको आँखामा चोट लागेकोमा उनी गेटा आँखा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । सशस्त्र प्रहरीमाथि आक्रमणको कारण भने खुलेको छैन् ।
दिनेशखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्