सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित निको भए, एक जनाको उपचार हुदै

कैलाली – सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षिया पाना विक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

बीरगञ्जमा चिया व्यापार गर्ने उनी लकडाउन सुरु भए पछि धनगढी पुगेर क्वारेन्टाइनमा बसेकी थिइन् । उनको स्वास्थ्य परीक्षणको गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्। सेती  प्रादेशिक अस्पतालबाट अहिले सम्म ४ जना निकाे भएर घर फर्किएका छन् ।

यसैबीच आजै काठमाडाैको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला र उनका ५८ वर्षिया छोरा पनि आजै निको भई पाटन अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्