अर्किड स्कुलद्वारा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटार हाईटमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

बिहिबार एक अनौपचारिक कार्यक्रमा गरि विद्यालय परिसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । चियापानमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो । विद्यालयमा उपस्थित अभिभावकहरुलाई विद्यालयका संचालक एवं निर्देशक प्रेमकुमार भुजेलले शैक्षिक क्यालेन्डर हस्तान्तरण गरेका थिए ।

उपहारखबरसँग कुराकानी गर्दै अभिभावकहरुले विद्यालयको पढाई प्रति आफुहरु सन्तुष्ट रहेको बताएका थिए । अर्किड स्कुलले अन्य स्कुलहरुको भन्दा अतिरिक्त क्रियाकलापहरु गराउने र पढाईमा समेत अब्बल रहेकाले आफुहरुको रोजाई भएको बताए ।

नयाँ वर्ष २०८१ को शुभकामना दिदै निर्देशक भुजेलले विद्यालयलाई नयाँ शैक्षिकसत्रदेखि अझै सुदृढ बनाउँदै लैजाने बताए । विद्यलायका संयोजक नेरन्द्रप्रसाद पाण्डेले नयाँ शैक्षिक सत्रमा विगतका गतिविधिहरुलाई अझै परस्कृत र सुदृढ बनाउँदै लैजाने बताए । कार्यक्रममा विद्यार्थीहरुको मनोरञ्चनका लागि विभिन्न खेलहरु खेलाइएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्