नेक्सस क्रिकेट एकेडेमीद्वारा निशुल्क क्रिकेट एसईई क्याम्प पाँचाैँ संस्करणको उद्घाटन

काठमाडाैं – नेक्सस क्रिकेट एकेडेमीद्वारा निशुल्क क्रिकेट क्याम्प शुरू भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्कस स्कुलमा रहेको नेक्सस क्रिकेट एकेडेमीले बुधबार बाट २०८० मा एसईई दिने बिधार्थीहरूहरुलाई लक्षित गरि को एसईई क्याम्पको उद्घाटन गरिएको छ । जुन पाँचाैँ संस्करण हो ।

२०८० साल चैत्र २८ गतेदेखि २०८१ साल बैशाख २० गतेसम्म सञ्चालन हुने क्याम्पसमा पश्चिमका पहाडी जिल्ला देखि पूर्वसम्मका ७७ बटै जिल्लाका २०० जना खेलाडी सहभागी भएका छन । क्याम्पमा सहभागि हुन इच्छुक विद्यार्थीहरुलाई नाम दर्ताका लागि आह्वान गरिएको थियो । जसमा पहिलो २०० जनालाई सहभागी गराएको हो ।

कार्यक्रमका सभापति भरत कुमार शाहीले नेक्सस क्रिकेट एकेडेमी स्थापना काल देखि नै ग्रासरूट क्रिकेट बिकासका लागि अहोरात्र लागेको र निरन्तर नेपाली क्रिकेट बिकासमा समर्पण रहने बताउनुभयो । एसईई क्याम्प ग्रास रूट क्रिकेट बिकासका लागि महत्त्वपूर्ण अभियान भएको कार्यक्रमका प्रमुख अतिथि रोशन सिंहले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बराल बिशिस्ट अतिथि रहनु भएको उद्घाटन समारोहमा बंगलादेश क्रिकेट बोर्ड पर्चेच बिभाग पुर्ब प्रमुख आरिफ अस्लम, कर्णाली क्रिकेट संघका उपाध्यक्ष खडक जंग शाही लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्