८१ वर्षीया बृद्धा सहित २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ९ पुग्याे

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु घर फर्किएसँगै कोरोनाबाट पूर्ण रुपमा निको भएको संख्या ९ पुगेको छ ।

उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिए । उनीहरु आमा – छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्