राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितलनिवासमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास जाने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास जान लागेका हुन्।

नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास जान लागेका हुन् ।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्। माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ। प्रधानमन्त्री दाहाल नयाँ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि शितल निवास जान लागेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्