बैतडीको सतबाँझमा एक युवक मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – बैतडीको सतबाँझमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका हुन् । दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान उनी मृत फेला परेको प्रहरीले जनाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएको प्रहरीको अनुमान रहेको छ। मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा १ छोरा र १ छोरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्