लकडाउनको उल्लंघन गर्दै मंगलबार साँझ कोटेश्वरमा भिडभाड

काठमाडौँ – काठमाडौंको कोटेश्वरमा मंगलबार साँझ भीडभाड भएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका हुन् ।

लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ–आफ्नो घरतर्फ जान लागेका हुन् ।

स्थानीय तहले सवारी साधन रिजर्भ गरि पठाइदिएको भन्दै मानिसहरू घर फर्किन सडकमा आएका हुन् ।

उपत्यकाका विभिन्न स्थानबाट हिँडेर आएकाहरू मंगलबार साँझ कोटोश्वर क्षेत्रमा जम्मा भएको प्रहरी स्रोतले बतायो ।

प्रहरी स्रोतका अुनसार रामेछाप, ओखलढुंगालगायतका जिल्लाका नागरिकलाई उतैका स्थानीय तहले घर लैजान लागेका हुन् तर यसबारे प्रहरीलाई कुनै आधिकारिक जानकारी दिइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्