पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ताहरुलाई बरिष्ठ नेता नेपालको आग्रह

FILE PHOTO

काठमाडौँ – नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा प्रेस वकत्व्य जारी गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई एकतावद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनसमेत आह्वान गरेका छन् ।

पार्टीको विधि पद्धति तथा संगठनात्मक प्रणाली,नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताबीचको एकतावद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र नेपाल कम्युनिष्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका सफलताका साथ पूरा गर्न सकिने उनले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्