उदयपुर जिल्ला पूर्ण रुपमा सील गर्ने प्रदेश नं. १ सरकारको निर्णय

काठमाडौँ – प्रदेश नं. १ सरकारले उदयपुरमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुर जिल्ला पूर्णरुपमा सील गर्ने निर्णय गरेको छ ।

उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको मन्त्री कार्कीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्