मछिन्द्र केपी ओली कपको फाइनलमा

काठमाडौं –  मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ। विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।

योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो। अब फाइनल खेल आगामी शनिबार हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्