नामिबियामाथि नेदरल्याण्डस ५९ रनले विजयी

काठमाडौँ – नेदरल्याण्डसले नामिबियालाई ५९ रनले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो । यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो ।

त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्