भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रकला प्रदर्शनी सुरु

काठमाडौं । विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, प्रत्रकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रमा प्रदर्शनी सुरू भएकाे छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् । अग्रज साहित्यकार जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतारेकी छन् ।

उनले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छन्, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उनले अब भाषाविहीन बनाइदिएकी छन् । Anticorruption Academy ले आयोजना गरेको सो विश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गम (A fusion of Art and Literature) को उद्घाटन ललितकला प्रज्ञा प्रतिस्थानका कुलपती चर्चित कलाकर नारदमुनी र पूर्व कुलपति वरिष्ठ चित्रकार रागिनी उपाध्यायले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि कुलपति नारदमुनी, पूर्व कुलपति रागिनी, कलाकार इन्दू पन्त र साहित्यकार भरत जंगमले आआफ्नो मन्तव्य राखेका थिए । पूर्वकुलपति उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताइन् ।

त्यस्तै  कुलपति हार्तम्छालीले कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्याउन सफल भएकामा प्रशंसा गरे ।

चित्रकार  पन्तले कलामार्फत जीवन्त बनाएको बताउँदै उनले भनिन्, “भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।” चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेखेको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।

सो प्रदर्शनी फागुन ८ देखि फागुन १२ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुनेछ भने आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा प्रदर्शनी हुनेछ । प्रदर्शनीमा २७ थान चित्र राखिएका छन् । कार्यक्रमको संचालन Anticorruption Academy का अध्यक्ष अनुप जंगमले गगरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्