बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …

काठमाडौं, १० फागुन – बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

 

घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्।

 

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो।

 

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो।

 

जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो।

 

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ। बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन्। चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ।

 

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्