राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।

सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

बालुवाटारमा बैठक चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठकले कुनै निर्णय गर्ने अवस्था नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्