राजनीतिक एकता चाहिएको छ, विभाजन होइन : रामकुमारी झाँक्री

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् ।

सोमबार साँझ उनले फेसबुकमार्फत जसको पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए पनि त्यो अपराध भएको टिप्पणी गरिन् ।

उनले लेखेकी छिन् ‘कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ । विभाजन होइन ।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो । सरकारले गरेको सिफारिसअनुसार सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी पनि गरेकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्