नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा अलआउट भएको हो।

खराब सुरूवात गरेको नेपालले पहिलो बलमै विकेट गुमाएको थियो भने १० ओभरको पावरप्लेमा सुरुवाती चार विकेट गुमाउँदा २५ रन मात्र जोड्न सकेको थियो। सुरुवाती चार ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो दश ओभरमा नामिबियाका तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले उत्कृष्ट बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राखेका थिए। पहिलो बलमै कुशल भुर्तेललाई ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराए। कुशल रोयल डक भएपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमा आउट भए। तेस्रो ओभरमा अनिल पनि ट्रम्पलम्यानकै एलबिडब्लूको धरापमा परे। अनिलले ६ बलमा २ चौका हिर्कायो।

चौथो ओभरमा आसिफ शेख ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए। दशौं ‌ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे। रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके।

त्यसपछि नेपालले केही रन बढाए पनि नामिबियाका बलरले कसिलो बलिङ गरेका थिए। २० ‍ओभरसम्म टिकेका कुशल मल्ल पाँचौ विकेटको रुपमा १५ रनमा आउट भए। २२ बलमा १ चौका र १ छक्का प्रहार गरेका कुशललाई नामिबियाका जेराल्ड इरासमसले क्याच गराएका थिए। दुई ‌ओभरपछि सोमपाल कामी २ रनमा इरामसकै बलमा क्याच भए। ६ विकेट जादासम्म मैदानमा टिकेका भीम सार्कीले जोडेको ४४ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ८६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीमलाई ट्रम्पलम्यानले नै एलबिडब्लूको धरापमा परेका थिए। गुल्सन झा पनि धेरै बेर मैदानमा टिक्न सकेनन्। उनी ३२औं ओभरमा २१ रन बनाएर खेलिरहदा इरासमसबाट बोल्ड भएका थिए। पवन सर्राफ १२ रनमा जान निकोलको बलमा इरासमसबाट क्याच भएपछि नेपालको आसा सकिएको थियो। करण केसीले अन्तिम विकेट रुपमा आउट हुनुअघि १६ रन जोडे।

बलिङमा नामिबियाका इरासमसले ५ विकेट लिए। उनले ८.१ ओभरमा २८ रन मात्र दिए। ट्रम्पलम्यान र ब्रासेलले २-२ विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्