अर्किड कप आठौ संस्करण भोलि भव्यताका साथ उद्घाटन हुदैँ

काठमाडौँ – अर्किड कप आठौ संस्करण भोलि भव्यताका साथ उद्घाटन हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड कप फुटवल प्रतियोगिताको आठौँ संस्करण भोलि सुरु भएर १२ गतेसम्म चल्नेछ ।

३८ टीम सहभागी रहने यस प्रतियोगिताका लागि फागुन १ टाइसिट ड्र गराईसकेको आयोजक विद्यालय अर्किडले जनाएको छ । सेभेन ए साईड मार्फत खेलिने खेलमा कक्षा सातसम्मका १३ बर्ष ननाघेका विद्यार्थी हुनु पर्नेछ साथै खेलाडिको जन्म दर्ता र स्कुल आईडी कार्ड अनिवार्य गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट चार समुहलाई नगद, ट्रफि, मेडल सहित प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालय टीमलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने आयोजक विद्यालयक अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

यस प्रतियोगितालाई आशा बुक सिफल काठमाडौँ, ग्रामर स्कुल एण्ड कलेज र फोटो संसार लोकन्थली भक्तपुरले प्रायोजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्