अर्किड कप आठौँ संस्करण फागुन ४ गतेदेखि १२ गतेसम्म हुने

काठमाडौँ  – अर्किड कप आठौ संस्करण फागुन ४ गतेबाट सुरु हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड कप फुटवल प्रतियोगिताको यस बर्ष आठौँ संस्करण हुन लागेको हो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुलले यहि फागुण ४ बाट सुरु भई फागुन १२ गते समापन हुने बताएको छ । आयोजक विद्यालयक अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेलका अनुसार सेभेन ए साईड मार्फत खेलिने खेलमा कक्षा सातसम्मका १३ बर्ष ननाघेका विद्यार्थी हुनेछन । साथै खेलाडिको जन्म दर्ता र स्कुल आईडी कार्ड अनिवार्य गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट चार समुहलाई नगद, ट्रफि, मेडल सहित प्रमाणपत्रले सम्मान गरिनेछ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालय टीमलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

विद्यार्थी पढाईमा मात्रै अब्बल नभई अतिरिक्त क्रियाकलापमा समेत जागरुक हुनुपर्छ भन्ने उद्देश्य लिई शैक्षिक गतिविधि अघि बढाइरहेको अर्किड स्कुलले आन्तरिक तर्फ समेत आइडल, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, नमुना संसद सञ्चालन, हाजरिजवाफ कार्यक्रम, बादविवाद कार्यक्रम, बक्तृत्वकला कार्यक्रम, लेखन, उद्घोष कार्यक्रम, खेलकुद कार्यक्रमलाई जोड दिदैँ आइरहेको छ।
अन्तरविद्यालय प्रतियोगितामध्ये यो अर्किड कप भने यस स्कुलले बर्षेनी आयोजना गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्