अर्किड स्कुलमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खु्ल्यो, विशेष छुटको व्यवस्था

काठमाडौं – अर्किड स्कुलमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खुलेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा गोठाटार हाइटमा रहेको अर्किड प्यपुपल सेकेण्डरी स्कुलले विशेष छुटका साथ कक्षा पीजी देखि कक्षा १० सम्मका लागि नयाँ भर्ना खुलेको विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील यस अर्किड स्कुलमा अक्षरारम्भ गराउन चाहने बालबालिकाका लागि नयाँ भर्ना खुला गरिएको र यस अवसरमा विशेष छुटको व्यवस्था रहेको विद्यालयले जनाएको छ ।
भोलि श्रीपञ्चमीका दिन अक्षरारम्भ गराउन चाहने अभिभावकहरूले विशेष छुटका साथ आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सकिने विद्यालयले जनाएको छ ।

रमाइलो वातावरण सिर्जना गरेर विद्यार्थीलाई खेल्दै सिकाउने र फरक शैलीले सिकाउने विद्यालय भएका कारण अर्किड सर्वोत्कृष्ट स्कुल भएको विद्यालयको दाबी छ । विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विजयी हात पार्दै स्कुलहरुको भिडमा फरक पहिचान बनाउन सफल अर्किड स्कुलले अतिरिक्त क्रियाकलापका साथै प्रविधिमा समेत जोड दिदैँ आइरहेको छ । आफ्नै खेलमैदान, शान्त वातावरण, आफ्नै सुविधासम्पन्न भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका सेवा सुविधा दिदैँ विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको एउटा उत्कृष्ट विद्यालय हो अर्किड प्युपल सेकेण्डरी स्कुल ।

साथै भोलि नै विद्यालयले पुरस्कार वितरणको कार्यक्रम समेत राखेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्