सान इन्टरनेशनल कलेजले मनायो २४ औं बार्षिकोत्सव

काठमाडौ – काठमाडौको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्दागिरी नगरपालीका वडा नं १४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औं वार्षिकोत्सव दिवस मनाएको छ ।

आइतबार प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो । कलेजको २४ औं दिवस समारोहलार्ई सम्बोधन गर्नुहुँदै उपसभामुख रानामगरले समयको सदुपयोग गर्नुपर्ने बताउँदै समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरु गुमिरहेको बताउँदै समयको ख्याल राख्नुपर्ने बताउनु भयो ।

यसका साथै आजको आवश्यकता भनेको युवावर्गको भएको र अबको राजनितिमा युवाहरुले समेत चासो दिनुपर्ने बताउनु भयो । राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताउँदै उहाँले शैक्षिक सँस्थाहरुले जलबायु परीवर्तन, अव्यवस्थित शहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिई शिक्षा दिनुपर्ने अपरिहार्य रहेको धारणा राख्नुभयो ।

त्यसैगरी काठमाडौ महानगरपालीकाकी उपमेयर सुनीता डंगोलले आफु अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको र कलेजबाट आमन्त्रित गर्नुभएकोमा धन्यवाद दिई आफुलाई कलेजले छात्रवृद्धि उपलब्ध गराई अध्यापन गराएको र आगामि दिनमा नेपाल भरका विधार्थीहरुलाई भर्ना भई छात्रवृद्धिमा अध्ययन गर्न पनि सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बरिष्ठ कलाकार दिपकराज गिरी र शिवहरी पौड्यालले सान इन्टरनेशनल कलेज साच्चिकै काठमाडौ महानगरपालीकामा सान भएको र यस चन्द्रागिरी नगरपालीकामा पनि साच्चिकै सान नै भएर अगाडि बढ्ने शुभकामना दिनुभयो । नमुना सामुदायिक विधालय कंकाली विधालयका प्रधानाध्यापक विष्णु पनेरुले यस चन्द्रागिरी नगरपालीकामा सान कलेजलाई स्वागत गरी हामी सबै संस्थागत तथा सामुदायिक विधालयले आवश्यक सहयोग सहकार्य गरी नगरपालीकालाई नमुना बनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरेले शिक्षा र स्वास्थ्य दुवै मानिसका लागि एक अर्काका परिपुरकको रुपमा रहेको बताउनुहुँदै संस्थागत र सरकारी शिक्षाबिच हातेमालो हुन आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रबाट पनि राष्ट्रलाई ठुलो योगदान दिन सकियोस भनि कलेजलाई आफुले नाफामुखीको रुपमा नहेरेर विशुद्ध सेवामुखी संस्थाको रुपमा कलेजलाई सञ्चालन गरीएको जानकारी दिनुभयो ।

साथै डा. घिमिरेले छिमेकि बलवान नभएसम्म अर्को छिमेकी बलवान हुन नसक्ने बताउनुहुँदै सहकार्य र साथविना कुनैपनि व्यक्ति र समाज सफल हुन नसक्ने बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेलले विधार्थी विदेश पलायन हुने क्रम बढ्दै गएकाले यसलाई रोक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सांसद यमुना श्रेष्ठ, प्रदेश सभा सांसद रमाआले मगर, पुर्व उपकुलपती डा. गणेश गुरुङ्ग, काठमाडौ महानगरपालिका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकारहरु दिपकराज गिरी, शिवहरी पौड्याल, मिस नेवा सखिना महर्जन, वातावरण विज्ञ डा. शुरेस ढुङ्गेल लगायत स्थानीय विधालयका प्रधानाध्यापकहरु, वडा प्रतिनिधिहरु, नगरपालिका प्रतिनिधिहरु, कर्मचारीहरु, समाजसेवीहरु, विधार्थीभाइबहिनिहरु र अभिभावकहरुको उपश्थिति रहेको थियो ।

साथै यसै स्थापना दिवसमा कलेजले स्नातक तहका बि.बि.ए र बायोटेक्नोलोजी कार्यक्रमका विधार्थीहरुको दीक्षान्त समारोह पनि गरेको थियो । सबै आमन्त्रितबाट कलेजलाई २४आंै स्थापना दिवसको शुभकामना दिई आगामि दिनमा उच्च सफलताको कामना पनि गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्