आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जना डिस्चार्ज

बैतडी – पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ । यही वैशाख ३ गते कोरोनाका शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो ।

आइसोलेसनमा भर्ना भएका सबैको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए । शङ्कास्पद मानेर आइसोलेसनमा भर्ना गरेर उनीहरु सबैको थ्रोट स्वाब वैशाख ३ मा परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।

सुर्नया–३ की २३ वर्षीया युवतीलाई ज्वरो, रुघोखोकी, स्वासप्रस्वासमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई पनि आइसोलेसनमा राखिएको हो । युवतीको यसअघि बैतडीमै र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको थियो ।

यसअघि गएको चैतमा कोरोनाको शङ्कास्पद एक प्रहरीसहित तीनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्