आज ११ बजे मन्त्रिपरिषद् बस्दै, अलपत्र मजदुरहरुको व्यवस्थापन हाेला ?

काठमाडौँ – आज विहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने ति मन्त्रीले बताए ।

स्रोतका अनुसार आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा लकडाउन हटोस् भन्ने पक्षमा आफू रहेको तर त्यसभन्दा अगाडि कोरोना हटाउनुपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्