जि–टु–जी प्रक्रियाले गति पायो, चीनबाट ३ सय ४० टन औषधी खरिद गर्न सम्झौता

काठमाडौँ – नेपाली सेनाले चीनबाट ३ सय ४० टन औषधी खरिद गर्ने भएको छ । सेनाले जि–टु–जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो ।

स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको छ । सम्झौताअनुसार ३ सय ४० टन स्वास्थ्य सामग्री आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

चीनबाट आउने स्वास्थ्य सामग्रीको मूल्य सोमबार मात्रै थाहा हुने उनले बताए । सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए ।

३ सय ४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ । चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ । त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ ।

यसैबीच स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्