उदयपुरको भुल्के मस्जिद आसपासका स्थानीयको नमुना संकलनको रिपोर्ट आउन ढिलाई, आज बेलुकासम्म आउने

उदयपुर – उदयपुरको भुल्के मस्जिद वरपरका स्थानीयको नमुना संकलन गरिएको भएपनि रिपोर्ट आउन ढिलाइ भएको छ ।

त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १३ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुिष्ट भएपछि सिंगो गाउँनै कोरोनाको जोखिममा परेको भन्दै नमूना सङ्कलन गरिएकोमा त्यसको रिर्पोट आउन ढिलाई भएको हो ।

पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायका ५३ घरका स्थानीयको कोरोना परीक्षणका लागि शनिवार १ नम्बर प्रदेश प्रयोगशाला विराटनगरका निर्देशक नेतृत्वको प्राविधिक टोलीले भुल्केस्थित नेपाली सेनाको १८ नं वाहिनी अड्डा हाता भित्रको खुला चौरीमा शनिवार नमूना सङ्कलन गरेको थियो ।

पहिलो चरणमा परिवारको मुख्य मान्छे र संक्रमित सँग प्रत्यक्ष सम्पर्कमा रहेका ६९ जना स्थानीयको स्वाव परिक्षणको लागि नमूना सङ्कलन गरी हाल विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्यावमा परीक्षण भईरहेको र आज साँझसम्ममा नतिजा आउनसक्ने प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए ।

निर्देशक यादवले प्रक्रिया ज्यादै जटिल भएकोले प्रतिघण्टा पाँचवटा नमूनाको मात्र परीक्षण गर्न सकिने र ल्यावमा पूर्वका विभिन्न १३ जिल्लाका नमूनाहरु परीक्षणका लागि सङ्कलन गरी क्यूमा राखिएको हुँदा आज साँझसम्ममा भूल्केबाट सङ्कलित सवै नमूनाको रीर्पोट आउन सक्ने बताए ।
यता नेपाली सेनाको चिकित्सक टोलीले सोमवार पनि स्वाबको नमूना सङकलन गर्ने भएको छ । कोरोनासङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु भयभित भइरहेको अवस्थामा नेपाली सेनाको सक्रियतामा आइतवार १ सय ५४ जनाको स्वाबको नमूना सङकलन गरिएको सेनाका १८ नं वाहिनिका वाहिनिपति सहायक रथी कृष्णप्रसाद सापकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्