पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ –  त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।

आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो ।  यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।

यो जितपछि आर्मीको ९ खेलमा १४ अंकमा रहेको छ र अंक तालिकामा दोस्रो हुदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।  फाइनल खेल शनिबार टियु मैदानमा हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्