सिन्धुपाल्चोकमा लकडाउनको उल्लङघन गर्ने ३३ जना नियन्त्रणमा

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा लक डाउनको उल्लङघन गर्नेलाई प्रहरीले कार्वाही तिव्र बनाएको छ ।
आइतबार चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा लिई डेढ घण्टा टुँडिखेलमा उभ्याईएको र डेढ घण्टा कोरोना सम्बन्धी सचेतना दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव निरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनिहरुलाई सामाजिक दूरी कायम गरी टुँडिखेल आसपास उभ्याईएको हो । सिन्धुपाल्चोकमा बजार क्षेत्रमा लक डाउनको केही पालना भएपनि ग्रामिण क्षेत्रमा भने खासै पालना भएको पाईदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्