कैलालीका २१ वर्षीया युवक कोरोना जितेर घर फर्किए

तस्वीर : गाेरखापत्रअनलाइन

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका कोरोना संक्रमित एक विरामी निको भएर आज डिस्चार्ज भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोना मुक्त भएका घर फर्किका हुन् ।

कोरोना संक्रमण भएका २१ वर्षीय युवकको अन्तिम परीक्षणमा नेगेटिभ आएकाले आज डिस्चार्ज गरीएको अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्