अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा

काठमाडौँ, १५ माघ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ ।

आइतबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो ।

गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अलआउट हुदै १७० रन बनाएको थियो ।

मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहदै फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भने छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्