पीएम कपमा आज तीन खेल हुदै

काठमाडौं, १ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् ।

 

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो भने सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल खेल्दै छ ।
लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

 

त्यस्तै आजको दोस्रो खेल टियु क्रिकेट मैदानमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । मधेश प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउदै शानदार शुरुवात गरेको छ भने त्रिभुवन आर्मी क्लबको यो पहिलो खेल हुने छ ।
त्यसैगरी आज तेस्रो खेल एपीएफ क्लब र कोशी प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुदै छ ।

 

एपीफले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कोशी प्रदेशले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्