जनप्रतिनिधि धर्नामा, मेयरको घरैमा हिउँदे अधिवेशन

सञ्जय मिश्रा/रौतहट, २९ पुस । रौतहटको कटहरिया नगरपालिकामा ठूलो बेथिति देखिएको छ।

एकातर्फ मेयर अजयप्रकाश जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा  तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू आइतबार सातौं दिन पनि खबरदारीमा जारी राखेका छन्।

भने अर्कोतर्फ मेयर जैसवाल कटहरिया-९ डुमरिया स्थित आफ्नो घरमै पूर्ण बहुमतका साथ हिउँदे अधिवेशन भएको घोषणा गरेका छन्।

अधिवेसनको खुसीयालीमा दुईवटा खसी काटेर आइतबार भोज भतेर भईरहेको छ भने उपमेयरसहित जनप्रतिनिधिहरू जाडोको बावजूद दिनभरि धर्नामा बस्दै दिन बिताउँदै आएका छन्।

उपमेयर रिता देवी यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा-४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्ववडा अध्यक्ष उमेश यादव, बाल्मीकी यादव, वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौ नेता कार्यकर्ता ८ बुन्दे मागसहित गत आइतबार नगरपालिकामा तालाबन्दी गरेका छन्।

आन्दोलनरत जनप्रतिनिधिहरू सोही दिनदेखि प्रत्येक दिन कार्यालय समयभरी बिहान १० देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा बसेर खबरदारीसहित धर्नामा बस्दै आएका छन्।

माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

तर, उनको चेतावनीका बावजुद उनीहरूको कुनै वास्ता नगरी मेयर अजयप्रकाश जैसवाल आइतबार बहुमत सहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन्।

कटहरिया नगरपालिकाको ९ वडा मध्ये ५ जना वडा अध्यक्ष, १९ कार्यपालिका सदस्य मध्ये १४ जना कार्यपालिका सदस्य मेयर सहित बहुमत साथ अधिवेशन सम्पन्न भएको उनले दाबी गरेका छन्। अधिवेशनमा जनप्रतिनिधिको साथै प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह लगायत नगरपालिकाको कर्मचारीको समेत सहभागिता रहेको थियो। नगरपालिकाको प्राङ्गणमा बिवाद देखिएकाले नगरभित्र बहुमत साथ हिउँदे अधिवेशन गरिएको मेयर जैसवालले प्रतिक्रिया दिएका छन्।

कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जन्ताको माग र जन्ता लाई अबहेलना गरी आफ्नो निजि स्वार्थ को लागि आफ्नो निजि घर मा गरिएको नगर अधिवेशन ले कटहरिया नगरबासी को हित कद्दापी हुन नसक्ने दाबी गरेका छन्।

‘कटहरिया नगरपालिकामा बहुमत हुदा हुँदै कटहरिया कार्यालयमा हिउँदे अधिबेशन नगरी आफ्नो निजि घरमा कार्यपालिका सद्स्य र कर्मचारीलाई बोलाई गरिएको हिउँदे अधिबेशनको घोर भतसर्ना गर्दछु,’ वडा अध्यक्ष कुशवाहाले भने।

चोर बाटो बाट गरिएको अधिवेसनको कुनै मान्यता नहुने र आन्दोलन जारी रहने उपमेयर रिता देवी यादवले बताएकी छन्।

आन्दोलनरत पक्षको के थियो ८ बुँन्दे माग

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९! ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

किन भएको थियो तालाबन्दी

यस अघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुन्दे माग बारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको र मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरुले बताएउँदै आएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन्।

तालाबन्दी पछि मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह कार्यालयमा अनुपस्थित रहेका थिए ।

आन्दोलनरत जनप्रतिनिधिहरुले अबको लड़ाई अझ सशक्त हुने प्रतिक्रिया दिँदै हिउँदे अधिवेशन कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने दाबी गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्