नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा शिक्षकहरुलाई दुई दिने तालिम गोष्ठिको आयोजना

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरुलाई दुई दिने तालिम गोष्ठिको आयोजना गरेको छ । काठमाडौँ जिल्लामा रहेका करिब ५० भन्दा बढी विद्यालयहरुबाट एक शिक्षकको उपस्थितिमा शनिवार र आइतबार काठमाडौँको सुविधानगरमा रहेको ट्रिटन कलेजमा तालिमको आयोजना गरेको हो ।


उपहार खबरसँग कुराकानी गर्दै नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले शिक्षामा अपडेट हुन तथा केहि नयाँ कुराको खोज अनुसन्धान गर्न तथा नविन खाले प्रविधिको विकास गर्न शिक्षकहरुलाई तालिमको आयोजना गरेको बताउनुभयो । प्रशिक्षक उत्तम दाहालको उपस्थितिमा शनिवार पूर्व प्राथमिक विद्यालय तथा आइतबार प्राथमिक तथा आधारभूत तहका शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरिएको हो । साथै सीप जीवन कालखण्डसम्म रहिरहने भएकाले कुनै सिप आर्जन गर्नु सबल पक्ष भएको बताउनुभयो ।
आइतबार तालिमको अन्तिम दिन तथा समापन समारोहमा बोल्दै विशेष अतिथि तथा नेशनल प्याब्सन केन्द्रिय समिति उपमहासचिव प्रकाश खड्काले शिक्षकहरुले विद्यालयलाई टेकाईराख्ने भएकाले आधुनिक शिक्षामा थप उर्जा प्राप्त गर्न तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा शिक्षामा नविनता कायम गर्न शिक्षक शिक्षिकाहरु महत्वपूर्ण भूमिका खेल्ने भएकाले तालिमले अझ थप केहि कुराको सिकाई भएको प्रकाश पार्नुभयो ।


कार्यक्रम सञ्चालन नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति सहकाेषाध्यक्ष तथा तालिम संयोजक टंक थापाले गर्नुभएको थियो भने कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष प्रेम कुमार भुजेल, ट्रिटन कलेजका सहायक प्रिन्सिपल लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको तर्फबाट तालिम प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

फोटोहरूको लागि यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्