चारवटा स्काभेटरमा आगो लगाउने पाँचजना पक्राउ

File Photo

सोेलुखुम्बु, २९ पुस । सोलुखुम्बुमा चारवटा स्काभेटरमा आगो लगाएकार आरोपमा पाँचजना पक्राउ परेका छन् । करिब आठ महिनाको अवधिमा चारवटा स्काभेटरमा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

थुलुङ दूधकोसी गाउँपालिकामा विभिन्न समयमा चारवटा स्काभेटरमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा माप्य दूधकोसी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोसी गाउँपालिका–९, लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचैजनाविरुद्ध मुद्दा चलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्