पालुङटार नगरपालिकाले ल्यायो पूरक बजेट

गोरखा, २९ पुस । पालुङटार नगरपालिकाले करिब ८ करोड पैँतिस लाख पचास हजार बराबरको पूरक बजेट ल्याएको छ ।

 

१४ औँ नगरसभा तथा आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा मार्फत नगरपालिकाले पूरक बजेटसहित नीति तथा कार्यक्रमको अर्धवार्षिक समिझासमेत गरेको हो ।

 

उपमेयर बन्दना पाण्डेले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताइन्।

 

चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।

 

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्‍याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध गर बनाउन, सेवा प्रवाहलाई सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको पाण्डे बताउँछिन् ।

 

नगरपालिकाले असार ८ मा करिब ८३ करोड ८७ लाखको बजेट ल्याएको थियो ।

 

सभामा उपमेयर पाण्डेले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको हालसम्मको आय व्यय विवरण प्रस्तुत गरिन् । आर्थिक वर्ष २०८०/०८१ को पूरक बजेट कार्यक्रम तथा विनियोजनको आय अनुसार जम्मा ८ करोड पैँतिस लाख पचास हजार विनियोजन भएको छ ।

जसमा खानेपानी तथा सरसफाइमा ३७ लाख, भौतिक पूर्वाधार विकासमा ९३ लाख, आवास तथा सहरी विकासमा एक करोड २२ लाख, सिँचाइमा ६७ लाख , कला संस्कृति १२ लाख, शिक्षा युवा तथा खेलकुदमा २२ लाख, स्वास्थ्य तर्फ ३२ लाख ८० हजार, अन्यमा ३ करोड ९० लाख विनियोजन भएको छ ।

 

नगरपालिकाको वडा नम्बर ९ मा बन्दै गरेको चिस्यान केन्द्र (कोल्ड स्टोर) लाई प्राथमिकता दिएर १ करोड ६० लाख विनियोजन भएको छ । उक्त चिस्यान केन्द्र चैत भित्र सञ्चालनमा आउने नगर प्रमुख विवश चिन्तनले बताए ।

 

आय तर्फ राजस्व बाडफाडबाट प्राप्त हुने अनुमानित रकम ११ करोड २१ लाख चौरानब्बे हजार मध्य हाल सम्ममा ३ करोड ४३ लाख प्राप्त भएको र हालसम्म अनुमानित ४ करोड ६७ लाख हुनुपर्नेमा आउनु पर्ने रकम भन्दा करिब १ करोड २४ लाख रुपैयाँ प्राप्त हुन नसकेको नगरपालिकाले जनाएको छ । भने, व्यय तर्फ खर्च हालसम्म ३२.४६ प्रतिशत काम सकिएको छ ।

 

१० वटा वडा मध्य वडा नम्बर २ ले सबै भन्दा धेरै ४३.८३ प्रतिशत काम गरेको छ भने वडा नम्बर ८ ले ४०.२२ प्रतिशत काम गरेर दोस्रो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्