सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौँ – मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्य स्थिर छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्