नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

भक्तपुर, २० भदाै‌ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।

 

यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।

 

दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो । इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो ।

 

यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो । यही कारण यो महँंगो थियो । अहिले क्याल्सियम सिलिकेट बोर्ड विनाको प्यानल निकालेको हो । यसअघि प्यानलको दुवैतिर सिल्केड बोर्ड रहन्थ्यो र यसको मूल्य वढी हुन्थ्यो । प्यानलको दुवैतिर सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपथ्र्याे ।

अहिलेको यो प्यानल नेपालमै रहेको कच्चा पदार्थहरु बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ । स्याण्डविच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम  सिलिकेट बोर्ड हालेको हुँदैन । ढलान गरी बनेको स्थायी संरचनाको भित्री  पार्टेशन वालको  प्रयोगमा लक्षित गरी यो प्यानलको उत्पादन सुरु गरिएको हो । यसको मोटाई ४.५ ईन्च हुन्छ । तौल भने ईट्टाको वाल भन्दा ३ गुना कम हुन्छ ।

 


कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओंं) इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा दिन सकून् भन्ने उद्देश्यले यस्तो प्यानलको उत्पादन थालेको बताए । यो तुलनात्मक रुपमा सस्तो छ, सिइओ इन्जिनियर दुवालले भने, चार इन्चको वाल लगाउँंदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ ईन्चको अल्ट्रा नेपाल इको प्यानलको प्रयोग गर्न सकिन्छ । यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इटाको गाह्रो लगाउनु भन्दा केही महँंगो हुन्थ्यो ।

पहिला क्याल्सियम सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपर्ने थियो, इन्जिनियर दुवालले भने, विदेशबाट आयात गर्नुपर्ने सामान रोकिने भएर यसले देशको व्यापार घाटा पनि कम गराउने विश्वास छ ।

 

अहिले दुई वटा प्यानलवीचको जडानका लागि म्याजिक एक्सपी  प्रोडक्टको प्रयोग गरिन्छ । यो वाटर प्रुफ हुनुका साथै यसको प्रयोगबाट हेयर लाइन क्र्याक पनि नदेखिने हुन्छ । यसको प्रयोगपछि इटाको गाह्रो लगाएर प्लाष्टर गरी वालपटी लगाएर कलर गरेपछि जस्तो देखिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्