सुनको मुल्यमा भारी गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बिहीबार सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्