भारतमा ‘मदर मिल्क बैंक’ खुल्दै, नबजात शिशुलाइ दुधको अभाव नहुने

चण्डीगढ, १९ पुस ।  स्वास्थ्य विभागका अनुसार प्रदेशका पाँच ठूला सहरमा रहेका ‘मदर मिल्क बैंक’ खुल्ने भएका छन ।

 

डा बीआर अम्बेडकर स्टेट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, मोहालीबाट यी बैंकहरू जनवरी महिनादेखि सुरु हुदैँछन्।

 

यी मिल्क बैंकहरूको उद्देश्य नवजात शिशुहरूलाई जन्मेको आधा घण्टाभित्र आमाको दूध उपलब्ध गराउनु हो।

 

कुनै न कुनै कारणले कहिलेकाहीँ नवजात शिशुले आमाको दुध नपाउँदा यस्ता नवजात शिशुलाई आमाको दुध खुवाउने व्यवस्था यी बैंकमार्फत गरिने विभागका अधिकारीले बताए । यसलाई पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न लागिएको हो ।

 

बैंक खोल्न आधुनिक मेसिन चाहिन्छ । जुन महाराष्ट्रबाट खरिद भईरहेको छ । आमाको दूध नपिउने बालबालिका प्रायः कुपोषणको शिकार हुने गर्दछन् । कुपोषण न्यूनीकरणका लागि विभागले बैंक स्थापनाको प्रक्रिया थालेको छ । यसबाट नवजात शिशुको मृत्युदर घट्ने स्वास्थ्य विभागका अधिकारीहरु बताउँछन् ।

 

जसरी ब्लड बैंकमा गएर रगत लिन सकिन्छ, त्यसरी नै यी बैंकबाट अब आमाको दुध उपलब्ध हुनेछ । दूध छ महिनासम्म भण्डारण गर्न सकिन्छ। यसका लागि पाश्चराइजेशन युनिट, फ्रिज, डिप फ्रिज र आरओ प्लान्टजस्ता प्रविधिको प्रयोग भइरहेको छ ।

मदर मिल्क बैंकमा दूध दान गर्ने महिलाहरूको पहिले एचआइवी, एचबीएसएजी, डब्लूबीआरएल परीक्षण गरिनेछ। अनुसन्धान प्रतिवेदन आएपछि पहिले महिलाको लिखित अनुमति लिइने छ । यसका लागि शिशु समूह गठन गरिने विभागले जनाएको छ । मोहाली बाहेक लुधियाना, जालंधर, पटियाला, अमृतसरमा पनि यी बैंकहरू खोल्ने योजना छ। यस सम्बन्धमा छिट्टै काम सुरु हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्