धनगढीको पीसीआर मेसिनमा परीक्षण गर्दा रुकुम पश्चिमका २ जनामा कोरोना पोजेटिभ

सुर्खेत – सेती प्रादेशिक अस्पताल धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए ।

‘सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं, तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको छ,’ खड्काले भने ।

धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टिनमा बसेका छन् ।

नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २÷२ जना संक्रमितको उपचार भइरहेको छ ।
सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्