टेस्ट क्रिकेट: पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया ७९ रनले विजयी

काठमाडौँ, १३ पुस । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

 

मेलवर्नमा टेस्टको चौथो दिन ३१७ रनको लक्ष्य पछाएको पाकिस्तान २३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

 

पाकिस्तानका लागि कप्तान शान मसूदले सर्बाधिक ६० रन बनाए भने अघा सलमानले ५० र बाबर आजमले ४१ रनको योगदान दिएका थिए ।

 

पाकिस्तानलाई पराजित गर्नेक्रममा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ५ विकेट लिएका थिए । कमिन्सले यस टेस्टको दुवै इनिंगमा ५-५ विकेट लिएका छन् ।

 

यसअघि अस्ट्रेलियाले यस टेस्टमा पहिला ब्याटिंग गर्दै ३१८ रन बनाएको थियो भने पाकिस्तानले २६४ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिंगमा २६२ रन बनाएर पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको थियो ।

 

योसँगै अस्ट्रेलिया ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज पनि एक खेल अघि नै जितेको छ ।

 

अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्