हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले ४० कित्तासम्म सेयर पाए

सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएका छन् ।

१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्