‘सरकारको १ वर्षे उपलब्धि भ्रष्टाचारी र तस्करलाई छुटाउनु : शान्ता चौधरी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले सरकारको १ वर्षे उपलब्धि भ्रष्टाचारी र तस्करलाई छुटाउनु बाहेक केही थप केहि नभएको टिप्पणी गरेकी छिन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन भन्दै लामो फेहरिस्त प्रस्तुत गरेपछि एमाले नेतृ चौधरीले यस्तो प्रतिक्रिया दिएकी हुन् । सरकारले केहि काण्डहरुको फाइल खोले पनि धेरै जसो फाइलहरु आफैतिर सोझिएपछि बन्द गरेको आरोप समेत लगाएकी छिन् । ‘सरकारको एक बर्ष ः हर्ष न विस्मात ! काण्डहरुको फाइल त खुले तर फासफुस भए । अझ धेरै जसो फाइलहरू आफ्नै तिर सोझिएपछि फेरि बन्द भए ।’ उनले भनिन्, ‘सरकारको १ वर्षे उपलब्धि भनेको भ्रष्टाचारी र तस्करलाई छुटाउनु बाहेक केही देखिएन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्